माफी माग्दा पनि सुख नपाएपछि अदालतमा हाजिर भए योग गुरु रामदेव र बालकृष्ण

काठमाडौं– भ्रामक विज्ञापन उत्पादन र प्रशारण गरेको अभियोग लागेका योग गुरु रामदेव र उनका सहयोगी बालकृष्ण मंगलबार सर्वोच्च अदालतमा हाजिर भएका छन्। सर्वोच्च अदालतले आफ्नो निर्देशन पालना नगरे कारबाहीका लागि तयार रहन चेतावनी दिएपछि उनीहरु अदालत पुगेका हुन।

पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा अदालतले दुवैलाई चेतावनी दिएको छ। गत महिना यस विषयमा पतञ्जलीले माफी पनि मागेको थियो। तर अदालतले त्यो माफीलाई अस्विकार गरेको छ।

कम्पनीको यस प्रकारको माफीबाट आफू खुसी नभएको जनाएपछि रामदेवका वकिलले रामदेव र बालकृष्ण दुवै व्यक्तिगत रूपमा माफी माग्न तयार रहेको बताएका छन्। ‘हामी माफी माग्न चाहन्छौँ र अदालतले जे भन्छ त्यही गर्न तयार छौँ।’– रामदेवका वकिलले भनेका छन्।

२७ फेब्रुअरीमासर्वोच्च अदालतले पतञ्जलीलाई विद्युतीय र छापा माध्यमबाट आफ्नो औषधिसँग सम्बन्धित सबै भ्रामक विज्ञापन तत्काल हटाउन आदेश दिएको थियो भने यस मामिलामा कुनै कारबाही नगरेको भन्दै केन्द्र सरकारप्रति पनि टिप्पणी गरेको थियो।

अदालतले सरकारले तत्काल केही कदम चाल्नुपर्ने बताएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट