रेशम चौधरीले जेल वस्दाका अपराधी प्रयोग गरेर पार्टी नेतामाथि आक्रमण गराएको खुलासा

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीको काठमाण्डौस्थित पार्टी कार्यालयमा कुटाकुट भएको विषय अहिले चर्चामा छ। पार्टी संरक्षक रेशमलाल चौधरी र उनकी श्रीमती तथा पार्टी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठबीचको विवाद अहिले चरम उत्कर्षमा छ।

श्रीमान श्रीमतीको यो विवाद भौतिक कारबाही आक्रमणमै पुगेपछि चर्चा पाउनु स्वभाविकै हो। सोमबार पार्टी कार्यालयमा भएको विवाद भौतिक कारबाहीसम्म पुगेको हो। श्रेष्ठ पक्षिय नेताहरुले आफूमाथि चौधरी समुहले भौतिक आक्रमण गराएको बताएका छन्।

अनामनगरस्थित पार्टी कार्यालयमै भएको बैठकमा केन्द्रीय सदस्य रमेश विश्वकर्मासहितका नेताहरुमाथि भौतिक आक्रमण भएको बताइएको छ। पत्रकार सम्मेल नै गरेरै विश्वकर्माले आफूहरुमाथि चौधरीको समुहले आक्रमण गराएको बताएका हुन्।

स्रोतका अनुसार चौधरीले जेल भित्र रहँदा सम्बन्ध बनाएका केही आपराधिक पृष्ठभूमिका व्यक्तिहरुले पार्टी कार्यालयमा आएर आक्रमण गराएका हुन्। बौद्ध क्षेत्रमा गुण्डागर्दी गर्ने लामा थरका गुण्डाहरु परिचालन गरेर चौधरीले पार्टी कार्यालयमा आक्रमण गराएको आरोप छ।

यता पूर्वमन्त्री समेत रहेकी पार्टी अध्यक्ष श्रेष्ठले चौधरी पक्षका दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन्। अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेको पत्र पठाएकी छिन।

पत्रमा पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट तथा अभद्र व्यवहार गरेकोले निष्कासन गरिएको उल्लेख छ। रन्जिता वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरेर जानु पर्ने पक्षमा छिन् भने उनका पति रेशम त्यसको विपक्षमा छन्।

यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रन्जिता र रेशम पक्षका नेताहरुबीच कुटाकुट भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट