हरिनगरामा प्रहरीले गोली चलायो, दुई जना घाईतेको विराटनगरमा उपचार हुँदै (भीडीओ)
इटहरी– सुनसरीको हरिनगरा गाउँपालिकामा दुई समूहबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा दुई जना घाईते भएका छन्। उनीहरुको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।
बिहीबार दुई युवाको व्यक्तिगत झगडामा वडा नं. ३ का जीवन मेहता घाईते भएका थिए। घाइते मेहताको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। यो झगडाले दुई समुदायकाबीचमा तनाव उत्पन्न भएको छ।
झगडाले उग्ररुप लिएपछि सुनसरीको हरिनगरा गाउँपालिका र देवानगन्ज गाउँपालिकामा शुक्रबार १२ बजेदेखि जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालिन कर्फ्यु लगाएको छ।
कर्फ्यु लगाएको समयामा फरक समुदायका व्यक्तिहरू एकअर्कामाथि आक्रमणमा उत्रिएपछि भीड नियन्त्रणका लागि प्रहरीले गोली चलाएको हो। कर्फ्यु उलंघन गर्दै ५ हजार भन्दा बढिको संख्यामा एक अर्कामा आक्रमणमा उत्रिएपछि भिड नियन्त्रणका लागि प्रहरीले दर्जनौं हवाई फायर र अश्रुग्यास प्रहार गरेको सुनसरीका एसपी बिपिन रेग्मीले बताए।
उनले कानुन विपरीत काम गर्नेहरूलाई पक्राउ गरी कडा कारवाही गर्ने बताए। एसपी बिपिनले भीड नियन्त्रणका लागि दुबै समुदायका अग्रजहरूलाई बोलाएर घटना साम्य पार्ने प्रयास भइरहेको बताए।
यो पनि,