जनप्रदर्शनमा झडप भएपछि प्रदर्शन स्थलबाट गाडी चढेर भागे राजेन्द्र महतो

काठमाडौं– राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति आन्दोलनका कार्यकर्ता र प्रहरीबीच भद्रकाली क्षेत्रमा झडप भएको छ।

राष्ट्रिय मुक्ति आन्दोलनको उपत्यका विशेष ष्रदेश घोषणापछि ब्यानरसहित महतोको नेतृत्वमा जनप्रदर्शन गरेको थियो। त्यसक्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो।

दुई पक्षबीच हानाहानको स्थिति भएपछि आन्दोलनको नेतृत्व गरिरहेका महतो भने गाडी चढेर भागेका छन्। प्रहरीले लाठी चार्ज र पानीको फोहोरा प्रहार गरेको छ।

काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीका अनुसार झडपमा २ प्रहरी र ३ प्रदर्शनकारी घाइते भएका छन्। त्यसक्रममा केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको एसपी अधिकारीले जानकारी दिए।

महतोले केही समयअघि लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति आनदोलन घोषणा गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट