एमाले नेता वस्नेतको राजनीतिक करियर नै धरापमा पार्यो ‘अरेली काँडैले’

‘अरेली काँडैले … च्वास्सै च्वास्सै’ बोलको गीत भर्खरै नेपाली सांगितिक बजारमा आएको थियो। बजारमा आउने वित्तिकै यो गीत राम्रै विक्यो पनि। टिकटक, रिलदेखि स्टोरिसम्म यो गीतको प्रयोग भयो। समग्रमा नेपाली सांगितिक स्रोतले यो गीतलाई राम्रै मायाँ गरे।
अहिले यही गीतसँग जोडिएको एउटा प्रकरणले भने नेपाली राजनीतिमा ठुलै उथल पुथल ल्याउने देखिएको छ। प्रशंग हो, नेकपा एमालेका नेता एवम् पुर्वमन्त्री महेश वस्नेत र धादिङको चैनपुरकी महिलाबीचको अनैतिक सम्वन्ध।
केही महिना अघि एक महिलाले उही ‘अरेली काँडैले…’ बोलको गीतमा एउटा भीडीओ सामाजिक सञ्जालमा अपलोड गरेकी थिईन। एउटै वेडमा श्रीमान श्रीमती झै देखिने महिला पुरुष रहेको उक्त भीडीओमा पुरुष भने एमाले नेता महेशनै भएको धेरैले लख काटे। तर, महिलाले समेतले वचाउन गरेपछि त्यसलाई प्रमाणित गर्नु पर्ने आवश्यक्ता नै परेन।
वस्नेतले पनि आफूलाई बदनाम गराउन यस्तो भिडियो सार्वजनिक गरिएको भन्दै आफनो बचाउ गरे। तर, उनी र ती महिलाबीचका फोटो सामाजिक सञ्जालमा अपलोड गर्ने, ब्यंग्य गर्ने र आलोचना गर्ने क्रम भने रोकिएन। एमालेकै संगठित सदस्य रहेकी ती महिलालाई वस्नेतले दशैंको टिका लगाई दिएको फोटो समेत सामाजिक सञ्जालमा आए। एमाले र युवासंघका नेता÷कार्यकर्ताले वस्नेतको वचाउ गरिरहे। फोटो र भिडियोका विषयमा युवा संघका कार्यकर्ताहरुले बस्नेतको बचाउ गर्दै आए।
तर, तीनै महिलाले यतिवेला वस्नेत विरुद्ध वलात्कार र भ्रुण हत्याको आरोपसहितको उजुरी प्रहरीमा दर्ता गराएपछि भने उनको राजनीतिक करियरनै धरापमा परेको छ। महिलाले आफुहरु ५ बर्षदेखि सम्बन्धमा रहेको बताउँदै आएकी थिईन। उनीहरुबीच भएका अश्लिल टेलिफोन कुराकानी सामाजिक सञ्जालमा भाइरल थियो।
यद्यपी, जिल्ला प्रहरी परिसर काठमाडौँमा दर्ता भएको फौजदारी कसुरको जाहेरीले भने वस्नेतलाई तनाव दिएको जनाईएको छ। यस विषयमा उनले कुनै प्रतिक्रिया जनाएका छैनन्। प्रहरीले उनीसँग एक चरणको सोधपुछ गरिसकेको र अव कानुनी प्रक्रिया अगाडि वढाउने तयारी गरेको छ।
हुलाकमार्फत परेको जाहेरीमा महिलाले आफुलाई २ पटक बलात्कार गरेको तथा औषधी खुवाएर र अप्रेशन गरेर २ पटक भ्रुण हत्या गरेको आरोप लगाएकी छिन्। काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा वस्नेतले आफुलाई बलात्कार गरेको उजुरीमा उल्लेख छ।
बस्नेतविरुद्ध डाँका चोरीको आरोप पनि छ। ८ फागुनमा बिजुली बजारस्थित अपार्टमेन्टमा छिरेर वस्नेतले पठाएका दुई जना युवाले आफुलाई कुटपिट गर्दै दुईवटा मोबाइल र अन्य विद्युतीय सामान डाका चोरी गरेको आरोप जाहेरीमा छ।
कानुन ब्यवसायीका अनुसार कसैले गर्भवती महिलालाई करकापमा पारी वा धम्की दिई वा ललाइफकाइ वा प्रभावमा पारी गर्भपतन गराए १२ हप्तासम्मको गर्भ भए १ वर्षसम्म कैद र १० हजारसम्म जरिवाना, १२ हप्ता माथि २५ हप्तासम्मको गर्भ रही पतन गराए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
मुलुकी ऐनको ज्यानसम्बन्धी महल २८(ग) मा १२ सातासम्मको गर्भ भए एक वर्ष, २५ साताको तीन वर्ष र त्यसभन्दा माथिको गर्भपतन गर्नेलाई पाँच वर्षसम्म कैद व्यवस्था छ। यस्तै, गर्भपतन गर्ने गराउने उद्देश्यले भ्रुभ्रूण लिंग पहिचान गर्ने गराउने दुवैलाई ३ देखि ६ महिनासम्म कैद, लिंगका आधारमा गर्भपतन गर्ने गराउनेलाई हुने सजायमा थप एक वर्ष कैदको व्यवस्था रहेको उनीहरु बताउँछन्।
यो पनि,