कुकुरसँग यौन सम्पर्क गर्ने नर्स र बालबालिकासँग यौन क्रियाकलाप गर्ने उनका पति पक्राउ
काठमाडौं– कुकुरसँग यौन सम्पर्क गर्ने एक नर्स र बालबालिकासँग यौन क्रियाकलाप गर्ने उनका पतिलाई अमेरिकामा प्रहरीले पक्राउ गरेको छ।
टेक्सासकी एक नर्सलाई आफ्नो परिवारको घरपालुवा कुकुर ग्रेट डेनसँग यौनसम्पर्क गरेको आरोपमा प्रहरीले पक्राउ गरिएको हो। ग्रेट डेन प्रजातिको कुकुरलाई संसारकै सबैभन्दा अग्लो कुकुर मानिन्छ।
उनी श्रीमान् विलियम मिचेल केनका कारण पक्राउ परेकी हुन। अमेरिकी प्रहरीले केनलाई टेक्सासको एक सुपरमार्केट नजिकै बालबालिकासँग अश्लिल क्रियाकलाप गरिरहेको आरोपमा पक्राउ गरेपछि उनी पनि पक्राउ परेकी हुन।
केनको मोबाइल फोन जाँच्दा प्रहरी नै छक्क परेको बताएको छ। ‘मोबाइलमा दर्जनौं विचलित भिडियो र तस्विरहरू थिए। आरोपित युवकको फोनमा उनकी श्रीमतीले आफ्नो घरपालुवा कुकुरसँग धेरै किसिमका यौन क्रियाकलाप गरेको निकै विचलित पार्ने भिडियो भेटिएको छ । यसबाहेक बाल अश्लील सामग्री पनि फेला परेको छ।’– प्रहरीले भनेको छ।
त्यसपछि प्रहरीले अभियुक्तको घरमा छापा मारेर १८ र १० वर्षका बालबालिका र तीनवटा कुकुरलाई मुक्त गरेको थियो। हाल यस विषयमा अनुसन्धान भइरहेको छ।