पत्निको हत्या गरी भागेका भद्रेशको सूचना दिनेलाई २५ हजार डलर पुरस्कार

काठमाडौं– आफनै पत्निको हत्या गरी फरार भएका भारतीय मूलका एक नागरिकलाई पक्राउ गर्न सहयोग गर्ने ब्यक्तिलाई संयुक्त राज्य अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले २५ हजार डलर पुरस्कार दिने घोषणा गरेको छ।

एफबीआईले भारतीय मूलका भद्रेश पटेल पत्निको हत्या गरी फरार भएको जनाउँदै उनको वारेमा सूचना दिएर सहयोग गर्नेका लागि पुरस्कार दिने घोषणा गरेको हो। एफबीआईले सार्वजनिक गरेको एउटा भिडिओमा भद्रेश पटेललाई आफ्नी श्रीमती पलकको हत्या गरेको आरोप लगाइएको छ।

बीबीसी हिन्दीका अनुसार एफबीआईले सन् २०१७ देखि भद्रेश कुमारको खोजी गरिरहेको छ र उनलाई ‘मोस्ट वान्टेड’को सूचीमा राखेको छ। एफबीआईले जारी गरेको भिडिओ अनुसार अप्रिल २०१५ मा भद्रेश पटेल र उनकी श्रीमती पलकले डन्किन डोनट्समा नाइट सिफ्ट गरेका थिए।

त्यस क्रममा पटेलले आफ्नी श्रीमती पलकको हत्या गरेको आरोप छ। उक्त घटनापछि भद्रेश कुमार फरार छन् र एफबीआई उनको खोजीमा जुटेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट