३ करोडमा विक्री भईसकेको बुद्धचित्तको रुख काट्ने ४ जना पक्राउ, रुख काट्ने कारण अझै खुलेन

काठमाडौं– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्त (बुद्धचित्त)को एउटा रुख विहिवार अज्ञात समुहले काटियो।

फूल फुल्दै गरेको बोधिचित्तको रुख फल लाग्नु अघि नै ३ करोडमा बिक्री भएको थियो। तामाङले विक्रीका लागि बैना पनि लिईसकेका थिए। तर, मध्येराति हातहतियारसहित आएको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटिदियो।

यतिमात्रै होईन, उक्त समुहले रुख काटेर तामाङको घरको ढोका र आँगनमा चार वटा सकेट बम राख्यो। उक्त बम धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले निस्क्रिय पार्यो, जसका कारण अर्को क्षती भने हुन पाएन।

प्रहरीले बोधिचित्तकाको रुख काटेको आरोपमा हालसम्म ४ जना युवालाई पक्राउ पनि गरेको छ। पक्राउ पर्ने स्थानीय नै छन्। प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ पक्राउ परेको धुलिखेल प्रहरीले जनाएको छ।

पीडित ठाकुरानीले पक्राउ परेका चारसहित ८ जनाविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय धुलिखेलमा किटानी जाहेरी पनि दिएका छन्। तामाङका अनुसार ४ वर्षअघि पनि उक्त रुखमा फलेको फल लुटिएको थियो। विहिवार रुख काट्ने समूहले नै उक्त समयमा फल लुटेको हुनसक्ने आशंका प्रहरी र तमाङले पनि गरेका छन्।

तर, उक्त बोधिचित्तको रुख किन काटियो भन्ने विषय अन्यौलमा छ। रुख काटिएको र रुख काट्ने मानिस पक्राउ गरेको विषयमा सर्वत्र चर्चामा रहेपनि संलग्न ब्यक्तिले ३ करोडको फल दिने रुख कुन नियतले काटिदिए भन्ने खुलेको छैन। प्रहरीले समेत यो विषय हालसम्म सार्वजनिक गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट