सलमानको घर वाहिर गोली प्रहार गर्ने दुई जना पक्राउ, को हुन आरोपी ?

काठमाडौं– भारतीय चलचित्रका चर्चित अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दुवै आरोपी गुजरातको भुजबाट पक्राउ परेका हुन।
१४ अप्रिलको बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइएको थियो। त्यसवेला सलमान खान घरमै थिए। मोटरसाइकलमा आएका दुई जना आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए।
घटनापछि सलमानको घर बाहिर सुरक्षा बढाइएको थियो। खानलाई लरेन्स–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो। मुम्बई प्रहरीका अनुसार गोली चलाइएको बन्दुक ७.६ बोरको थियो। प्रहरी र फोरेन्सिक विज्ञले घटनास्थलबाट गोली तथा आरोपीको मोटरसाइकल समेत नियन्त्रणमा लिएका थिए।
यस घटनाको जिम्मेवारी लरेन्स समूहले लिएको थियो। यो समूहले सलमानलाई यसअघि पनि पटक पटक ज्यान मार्ने धम्की दिँदै आएको छ।
प्रतिक्रिया