एलिनाले प्रेमीलाई पति बनाईन, यस्तो भब्य छ विवाह समारोह
राजविराज– गायिका एलिना चौहानले बुधबार प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी छन्। झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा उनीहरुको वैवाहिक समारोह सम्पन्न भएको छ।
एलिन र विष्णुले खुसी हुँदै एकअर्कालाई औंठी लगाई दिए। आफन्त र एलिना निकट कलाकारहरु रचना रिमाल, मेलिना मैनाली लगायत विवाहमा उपस्थित थिए।
विष्णु बागलुङको घरबाट मंगलबार नै जन्ती लिएर एलिनाको घर पुगेका थिए। अहिले उक्त पार्टी प्यालेसमा विवाह समारोह चलिरहेको छ। भव्य सजावटसहित आयोजित समारोहमा सांगीतिक माहोल पनि चलिरहेको छ।
यसअघि उनीहरुको ब्रेकअप भएको हल्ला चलेको थियो। करिब एक बर्ष अगाडि तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा एलिनाले विष्णुलाई भेटेकी थिइन्। त्यसको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा आएको थियो। दुबैले प्रेम खुलारुपमा स्वीकार गर्दै टिकटक र फेसबुकमा विभिन्न भिडियो समेत पोस्ट गरेका थिए।
विवाहको कुरा बाहिर आइसकेको अवस्थामा एकाएक ब्रेकअप भएको हल्ला चल्यो। त्यस वेला एलिना मिडियाप्रति निकै आक्रोशित वनेकी थिईन। तर, अन्तिम समयमा दुवैले सम्वन्धलाई एउटा उचाईमा पुर्याएका छन्।