छिमेकीसँगको अफेयरले प्रियंकाको ज्यान गयो, अनाहकमा मारिईन १० महिनाकी छोरी

जनकपुर– जनकपुरधाम उपमहानगरपालिका– १६ कपिलेश्वरमा पोखरी नजिककै बुधबार राति करिव ८ बजे जलिरहेको अवस्थामा प्रहरीले एक महिलाको शव नियन्त्रणमा लियो। छेउम करिव १० महिनाकी बालिका पनि आगोमा जलिरहेकी थिईन।

बालिका जिवितै रहेकाले प्रहरीले उपचारका लागि तत्कालै जनकपुरस्थित प्रादेशिक अस्पतालतर्फ पठाइयो, तर बाटैमा उनको पनि मृत्यु भयो। बिहीबार दिउँसो दुवै जनाको सनाखत भयो। मृतकका पति सुमित महतो प्रहरीको सम्पर्कमा पुगेर मृतक महिला आफनो श्रीमती र बालिका छोरी भएको बताए।

त्यसपछि मात्रै प्रहरीले मृतक महिला महोत्तरीको मनरा सिसवा नगरपालिका–२ की २३ वर्षीया प्रियंका महतो कानु र उनकी छोरी भएको सार्वजनिक गर्यो। प्रियंकाका ससुरा फेकन महतोका अनुसार १ वैशाखमा ‘पाखुरा दुखेको’ भन्दै प्रियंका उपचार गराउनका लागि महोत्तरीको पिपरा गाउँपालिका १ ढेकहास्थित माईत गएकी थिइन्।

तर, बुधवार दिउँसोदेखि सम्पर्कविहिन भइन्। छोरी र नातिनी सम्पर्क विहिन भएपछि दिउँसो ५ बजेतिर उनीहरुको खोजी सुरु भयो। खोजतलास गर्दा उनी दिउँसै उपचार गराउन भन्दै जनकपुर हिँडेको बुबा श्रवण महतोले जानकारी पाए।

सोही राति उनी जनकपुरधाममा जलिरहेको अवस्थामा छोरीसँगै मृत भेटिएकी हुन। यसको वारेमा प्रहरीले राति करिव १० बजेतिर श्रवणलाई फोन गरेर जानकारी दिएको थियो।

जानकारी अनुसार प्रियंकाका पति गाउँमै मजदुरी गर्छन्। उनीहरुको बीचमा खासै ठूलो मनमुटाव देखिएको छैन। दुबै परिवारका अनुसार उनीहरुको सम्वन्ध सामान्य नै देखिएको छ। तर, प्रियंकाको माइतमा एक युवकसँग अफेयर रहेको विषय चर्चामा छ।

उनका बुबाआमालाई पनि छिमेकी रामसागर महतोसँग प्रियंकाको आफेयर रहेको सूचना रहेको अनुशन्धानबाट खुलेको छ। घट्नाको कारकका रुपमा रामसागर नै अगाडि आईरहेका छन्। सोही सम्वन्धका कारण प्रियंकाले आत्महत्या गरेकी हुन वा हत्या भएको हो भन्ने खुलिसकेको छैन।

मृतकका बुबा श्रवणले भने रामसागरले नै छोरी र नातिनीको हत्या गरेको आरोप लगाएका छन्। यता, प्रियंकाले पतिले पनि उनको अन्य केटासँग अफेयर रहेको संकेत पाएका रहेछन्। आफूसँग रहँदा पनि प्रियंका फोनमा घण्टौंसम्म कुरा गर्ने गरेको उनी वताउँछन्।

धनुषा प्रहरीका डीएसपी रञ्जन अवाले पनि प्रियंकाको अफेयरका विषयमा सूचना आएको बताए। रामसागर भने अहिले फरार छन्। उनी अनुसन्धानको घेरामा रहेको र खोजी भईरहेको डीएसपी अवाले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट