राष्ट्रिय सभा सदस्य बन्न ओलीले गरेको प्रश्ताव उषाकिरणले गरिन ठाडो अस्वीकार

काठमाण्डौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यमा मनोनित हुन गरेको प्रश्ताव विद्यादेवी भण्डारी र स्वर्गिय मदन भण्डारीकी छोरी उषाकिरण भण्डारीे अस्विकार गरेको खुलेको छ।

पार्टी स्रोतहरूका अनुसार ओलीको प्रश्ताव उषा र विद्या दुवैले अस्वीकार गरेका थिए। त्यसपछि ओलीले साली अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा पठाएका हुन्।

ओलीको प्रश्तावमा उषाकिरणले ‘आफुलाई राजनीतिमा सकृय हुन मन लागे मनोनित भएर नभई निर्वाचनमै जाने’ जवाफ दिएकी थिईन। विद्या भण्डारीले पनि ‘पारिवारिक राजनीति’ गरेको आरोप लाग्न सक्ने भन्दै ओलीको प्रस्ताव अस्वीकार गरेकी थिईन।

नेताहरूले दुई वटा कारणले ओलीले उषालाई राष्ट्रिय सभाको सदस्यमा प्रस्ताव गरेको हुनसक्ने विश्लेषण गरेका छन्। पहिलो, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने यो सिटमा यसअघि एमालेकै पौड्याल थिइन्, जो एमालेभित्र पूर्वराष्ट्रपति भण्डारी निकट मानिन्छिन्। सो यो पदमा महिला नै प्रस्ताव गर्नुपर्दा उषा एक स्वाभाविक दाबेदार हुन सक्थिन्।

दोस्रो, राईको ठाउँमा उषालाई पठाउँदा पूर्वराष्ट्रपति भण्डारीसँग पनि ओलीको विश्वास कायम रहन्थ्यो। यसले पार्टीभित्र नेता कार्यकर्ताको भावनाको सम्बोधन पनि गर्दै युवालाई अगाडि बढाइरहेको संकेत पनि मिल्थ्यो। उषाको नाम अगाडि सार्दा प्रधानमन्त्री दाहालले पनि सहजै स्वीकार गर्छन् भन्ने थियो।

तर, उषाकिरण तयार नभएपछि सो ठाउँमा अन्जान शाक्यलाई ल्याइएको स्रोतको भनाई छ। मन्त्रीपरिषदबाट निर्णय गराएर प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्ताव पठाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिसकेका छन्।

अन्जान शाक्य एमालेको विदेश विभागमा सक्रिय छिन्, जसलाई राष्ट्रिय सभा सदस्य बनाएर ओलीले कुनै पनि बेला परराष्ट्रमन्त्री बनाउन सक्ने गरी तयारीमा राखेको चर्चा एमाले वृत्तमा छ। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभामा मनोनयन भएकी विमला राई पौड्याललाई ओलीले पुस ०७९ मा परराष्ट्रमन्त्री बनाएका थिए। दाहालले समीकरण फेरेपछि एमालेका अरु मन्त्रीसँगै उनी पनि सरकारबाट बाहिरिएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट