बिहे घरमा आगलागीः २ जना घाइते, वेहुलीका कपडासहित लाखौंको क्षती

जनकपुर– सर्लाहीमा विवाहको तयारी गरिरहेका बेला घरमा आगलागी भएर लाखौंको क्षती भएको छ भने आगो निभाउने क्रममा जलेर २ जना घाईते भएका छन्।
बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपटाले छाएको घरमा गएराति आगलागी भएको हो। आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा ६ लाख बराबरको क्षति भएको छ।
यसैगरी, आगो निभाउने र सामान जोगाउने क्रममा आगोले जलेर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले बताए। घरधनी महतोको दुवै हात र खुट्टा जलेका छन् भने स्थानीय २३ वर्षीय राज मङ्गलको दाहिने हात जलेको उनले बताए।
बिजुलीको तार सर्ट भएर आगलागी भएको जनाईएको छ।
फाईल फोटो।
प्रतिक्रिया