डढेलो निभाउन गएको दमकल नै जलेर खरानी
काठमाडौं– रूपन्देहीको तिलोत्तमा नगरपालिका– ८, गणेशनगरको जंगलमा लागेको आगो निभाउन गएको दमकल डढेलोमा परेर जलेको छ।
तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार दिउँसो जलेको हो। जङ्गलमा डढेलो लागेपछि नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकल डढेलो निभाउन गएको थियो। सोही दमकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
आगलागीबाट दमकलको इन्जिनसहितका भाग जलेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
अस्पताल उदघाटनको विवादमा माथिल्लो आदेश विनै प्रहरीले गोली चलाएको खुलासा, १५ वर्षीय बालक गम्भीर घाइते
कारागारबाट भागेका बलात्कार मुद्दाका दोषी १४ महिनापछि पक्राउ, भारतदेखि उपल्लो मुस्ताङसम्म लुकेर बसेको खुलासा

