उम्रिँदैका तीन पातः ‘रविपथ’ मा रविभन्दा एक कदम अगाडि मिलन लिम्बु !

राजविराज– पटक–पटक नियम विपरितका काम गर्ने तर, आफुलाई देशकै इमान्दार भन्न पछि नपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पछिल्ला दिनमा सहकारी प्रकरणले विवादमा छन्। लामिछाने मात्र होईन, उनका धेरै जना सांसद र नेता कुनै न कुनै प्रकरणमा मुछिदै आएका छन्।

उम्रिदैका तीन पात भनेझै इलामा क्षेत्र नं. २ मा शनिवार भएको उपनिर्वाचनमा रवि लामिछानेले उम्मेदवार बनाएका मिलन लिम्वुसमेत रविपथमै हिडेको पाईएको छ। सवैभन्दा पहिला त उनी ‘क्षेत्री, बाहुन भेटिन्छ, घाँटी रेटिन्छ’ भन्ने नाराका कारण विवादमा परे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) एउटा टेलिभिजनको अन्तर्वार्तामै मिलन लिम्वुले क्षेत्री बाहुन विरुद्ध अभियान चलाएको खुलासा गरेपछि उनको विवाद उत्कर्षमा पुग्यो।

पहिचानको मुद्दा बोकेर हिडेका लिम्वुले रास्वपालाई एमाले कांग्रेस र माओवादीकै टोकरीमा राखेर ब्याख्या गर्ने। रास्वपाको उम्मेदवार वन्ने सम्भावनाका विषयमा सोधिएको प्रश्नमा उनी भन्थे– ‘कामै नलाग्ने पार्टी हो, म यस्ता पार्टीमा पनि जान्छु ?’

तर, उनी पछि रास्वपाकै उम्मेदवार बनेर खडा भएपछि फेरी विवादमा परे। त्यस लगत्तै निर्वाचनको दिन उनले देखाएको क्रियाकलापले त उनी ‘रविपथ’मा एक कदम अगाडि नै छन भन्ने देखाउँछ।

लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेर मतदान गरेको पाईएको छ। निर्वाचन आयोगका अनुसार मतदान केन्द्रमा कुनै पनि दलको निर्वाचन चिन्ह अंकित पोशाक वा ब्याज लगाउन पाइन्न। तर, रास्वपा उम्मेदवार लिम्बूले भने आफ्नो चुनाव चिह्न घन्टी अंकित भएको ब्याज लगाएरै मतदान गरेका थिए।

शनिबार बिहान माङसेबुङ–२ स्थित जनताकल्याण आवासीय विद्यालय मतदानस्थलको ‘ख’ केन्द्रमा पहिलो मतदान गरेका लिम्बुले घन्टी चिन्ह अङ्कित ब्याज लगाएरै मतदान गरेको फोटो र भिडिओहरु सार्वजनिक भएका छन्। फोटो भने उनले आफै सामाजिक सञ्जालमा पोस्टसमेत गरेका थिए।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले उक्त कार्य निर्वाचन आचारसंहिताअनुसार नभएको भन्दै कारवाही गर्न जिल्ला निर्वाचन अनुगमन समितिलाई निर्देशन दिएको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट