मिलन लिम्बुको भाषामा यसरी भयो इलाममा ‘चमक्कार’: आफनै वडामा पनि लिम्बुलाई ९६ भोट

राजविराज– इलाम २ मा प्रतिनिधि सभा उपनिर्वाचनको तयारी हुँदै गर्दा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको थियो। नेकपा माओवादी केन्द्र निकटक प्रेस सेन्टरका सदस्य मिलन लिम्बु पनि उम्मेदवार वन्ने कुरा फाट्फुट बजारमा हल्ला चल्यो।

तर, उनी पार्टीको उम्मेदवार नभई स्वतन्त्र उम्मेदवार बन्ने भए। उनले आफनो उम्मेदवारी घोषणा गरेर मिडियामा अन्तरवार्ता दिन पनि भ्याए। पुराना पार्टीबाट जनताको आशा र भरोसा टुटेको भन्दै रास्वपालाई पनि एमाले, कांग्रेस र माओवादीकै टोकरीमा राखेर उनले आलोचना गरे।

रास्वपाको उम्मेदवार बन्ने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उनले त्यो सम्भना नभएको वताए। पहिचानको मुद्दा बोकेर हिडेका लिम्वुले भनेका थिए–‘रास्वपा कामै नलाग्ने पार्टी हो, म यस्ता पार्टीमा पनि जान्छु ?’

अन्ततः प्रश्ताव आउने वित्तिकै उनी रास्वपाको उम्मेदबार वन्न तयार भए। रास्वपाले उम्मेदवारी घोषणा कार्यक्रमको आयोजना गर्यो। त्यहाँ उनले आफना भनाई राखे। ‘इलामे जनताले चमत्कार गरेर मलाई जिताएर संसद भवन पठाउँदै हुनुहुन्छ। इलामे जनताको दुःखको पोको राखेर खुसी लिएर फर्कनेछु। यस पटक घण्टीमा मतदान गरेर आफूलाई सहयोग गरिदिन आग्रह गर्छु ।’– उनले भने।

नभन्दै मिलनका सवालमा इलामे जनताले चमत्कार नै गरे। मतदाताले उनको अपेक्षा विपरित जमानत जफत गराइ दिएका छन्। लिम्बुले कूल सदर मतको १० प्रतिशतभन्दा कम ५ हजार ५० मत पाए। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत नपाउने उम्मेदवारको जनमानत जफत हुन्छ।

उपनिर्वाचनमा गणना भएको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो। ९०२ मत बदर भएको थियो। अझ आश्चर्यको कुरा त उनका आफ्नै वडावासीले पनि उनलाई पत्याएनन्। माङसेबुङ–२, इभाङ मिलन लिम्बुको वडा हो। उनले यहाँ निकै मत प्राप्त गर्ने अनुमान थियो। तर इभाङमा एमालेका सुहाङ नेम्वाङले ५८६ मत पाउँदा मिलनले जम्मा ९६ मत मात्र पाए।

मिलन लिम्बुले पाएको यो अनपेक्षित मतको अहिले विभिन्न कोणबाट चर्चा भईरहेको छ। सामाजिक सञ्जालमा भईरहेको प्रचारका आधारमा उनले जित्न नसकेपनि दोस्रो स्थानमा रहेर उनले आफनो उपस्थिती जनाउने अपेक्षा गरिएको थियो। तर, जमानत जोगाउन नसक्ने भारेभुरे १६ उम्मेदवारमा मिलनको पनि नाम पर्नु अनौठो भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट