उपेन्द्र यादवको पार्टी फुट्यो, अशोक राई आधिकारिकताका लागि निर्वाचन आयोगमा

काठमाण्डौं– संघीय संसदमा १२ जना सांसद भएको जनता समाजवादी पार्टी विभाजन भएको छ। उपेन्द्र यादव नेतृत्वको यो पार्टीका नेता अशोक राई समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।
जसपामा अध्यक्ष उपेन्द्र यादव, नेता अशोक राईबीच पावर शेयरिङका विषयमा लामो समयदेखि विवाद थियो। आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइसकेको सांसद प्रदीप यादवले जानकारी दिए।
सांसदहरू अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खान, सुशीला श्रेष्ठ जना सांसद निर्वाचन आयोगमा छन्।
प्रतिक्रिया