यसरी तुहियो उपेन्द्र यादवको प्रधानमन्त्री बन्ने सपना, ओलीलाई चिढ्याउँदा माधव पनि हिस्स !

काठमाडौं– उपेन्द्र यादवको जनता समाजवादी पार्टी (जसपा) फुटाएका अशोक राईको नयाँ दलमा परिवारवाद हावी भएको आरोप लागेको छ। पार्टीको अध्यक्ष राई स्वयम छन् भने श्रीमती सुशीला श्रेष्ठ उपाध्यक्ष छिन्।

प्रस्ताविज जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ र कुनै समय उपेन्द्र यादवको अत्यन्तै निकट भनेर चिनिएकी रेणु यादव सहअध्यक्ष छिन्। वन मन्त्री नवल किशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ गरी चार जना उपाध्यक्ष छन्।

महासचिवमा ईस्तियाक राई, उपहासचिवमा प्रदीप यादव छन् भने सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतो छन्। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पनि नयाँ दलमा लागेको जनाईएको छ।

उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवले वर्तमान सरकार ढाल्न खोजेको भन्दै बहुमत सांसदहरूले दल विभाजन गर्दै नयाँ दल दर्ता गराएका हुन।

उपेन्द्र यादव माओवादीसँगको सहकार्य टुटेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मिलेर वैकल्पिक गठबन्धनको तयारीमा थिए। देउवा, नेपाल र यादवले बाँकी कार्यकाल बाँडेर तीनै जना आलोपालो प्रधानमन्त्री बन्ने समझदारी बनेको थियो।

त्यही समझदारीले आकार लिने सम्भावना देखेपछि नेता नेपालले आफू प्रधानमन्त्री बन्ने संकेतले ‘कतिपयको पेट दुखेको’ टिप्पणीसमेत गरेका थिए। त्यसैले दाहाल र ओली मिलेर अहिले यादवलाई कमजोर बनाइदिएको र यो नजिरले माधव नेपाललाई पनि अप्ठ्यारो पर्ने सक्ने स्रोतको दावी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट