कोहलपुरमा गोली चल्यो, २ जना पक्राउ
काठमाडौँ– बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा आज विहान प्रहरीले गोली चलाएको छ। लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।
प्रहरीले गोली प्रहार गरेर लागु औषध कारोवारमा संलग्न सुशील परियारलाई नियन्त्रणमा लिएको छ। लागु औषध नियन्त्रण ब्युरोका इन्सपेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीमले अप्रेशनका क्रममा गोली चलाएको जनाईएको छ।
प्रहरीले पिछा गरेको जानकारी पाएपछि परिवार भाग्न खोजेपछि गोली चलाएको ब्युरोका एक अधिकारीले जानकारी दिए। प्रहरीका अनुसार परियारसहित दुई जना पक्राउ परेका छन्। उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको जनाएको छ।
प्रतिक्रिया