५ वर्षका छोराकै अगाडि आमाको बलात्कार, प्रहरीको संरक्षणमा ५ हजार दिएर मिलापत्र

राजविराज– सप्तरीको रुपनी गाउँपालिकामा एक दलित महिला बलात्कृत भएकी छिन्। उदयपुर घर भई श्रीमान र छोरासहित रुपनी गाउँपालिका–१ मा आँपको वगैचा रुघेर वसेकी करिव ३५/४० वर्षीया जेनिफर परियार (नाम परिवर्तन) शुक्रबार साँझ वलात्कृत भएकी हुन।

आँपको वगैंचामा बनाएको टहरामा साँझ करिव ४ बजे कोही नभएको मौका पारी स्थानीय महिन्दर (महेन्द्र) यादव (करिव ५० वर्ष) ले बलात्कार गरेको पीडित महिलाले वताएकी छिन्। श्रीमान काम गर्न गएका वेला ५ वर्षको छोराकै अगाडि आफुलाई बलात्कार गरेको उनको आरोप छ। उनका श्रीमान स्थानीय एक पसलमा मजदुरी गर्छन।

आफुमाथि भएको अपराधका विषयमा थाहा पाएपछि मादक पदार्थ सेवन गरेर आएका श्रीमानले समेतले कुटपिट गरेको उनले गुनासो गरिन। श्रीमानको कुटपिटका कारण उनको टाउकोमा चोट लागेको छ।

यस विषयमा उजुरी गर्न पीडित महिला शनिवार विहान इलाका प्रहरी कार्यालय रुपनीमा पुगेकी थिईन। तर, उनलाई न्याय दिनुको सट्टा गाउँका पञ्च र प्रहरीले मिलेर मिलापत्र गर्न दबाब दिएको खुलेको छ। आफुलाई जवर्जस्ती ५ हजार रुपैयाँ हातमा राखिदिएर मिलापत्रको कागज गराईएको महिलाले बताएकी छिन्।

बलात्कारको घट्ना मिलापत्र गराउन इलाका प्रहरी कार्यालय रुपनीका सई पुलकित यादवले पनि १५ हजार रुपैयाँ लिएको स्थानीय युवाहरुले बताएका छन्। सई यादवले भने प्रहरी कार्यालयमा बलात्कारको उजुरी नै नआएका दावी गरेका छन्।

‘ममाथि कुटपिट भयो, हातपात भयो भन्दै एक जना दलित महिला कार्यालयमा आएकी थिईन। हातपातको कुरा आएपछि जिल्ला प्रहरी कार्यालयमा गएर उजुरी दिन हामीले सल्लाह दिएर पठाएका हौं’ सई यादवले भने–‘त्यसपछि म नुहाउँन गएँ, पछाडि के के भयो मलाई जानकारी छैन।’

साँझपख आफुलाई पनि कतिपय ब्यक्तिले बलात्कारको घट्ना मिलापत्र गराएको भन्दै फोन गरिरहेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट