‘कार्बाही गर्छौं भनेका थियौं, गरियो’ भन्दै स्कुल बसमा आगजनी

चितवन– चितवनको भरतपुर महानगरपालिका–२० दद्रेनी नजिकै आइतबार बिहान सवा ८ बजे एउटा स्कुल बसमा अज्ञात समुहले आगो लगाएको छ। विद्यार्थी लिन जान लागेको बसमा आगजनी भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार स्मल हेभन स्कुलको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा आगजनी भएको हो। ३ वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगजनी गरेको जनाईएको छ।

‘विद्यार्थी लिन जाँदै गरेको बेला यो घटना भएको हो,’ डीएसपी रिजालले भने, ‘चालक र सहचालक मात्रै थिए। उनीहरूलाई बसबाट ओरालेर आगजनी गरिएको छ।’ सो समूहले ‘कार्बाही गर्छौं भनेका थियौं, गरियो’ भनेर गएको सहचालकले बताएका छन्।

बस जलेर पूर्ण रुपमा क्षति भएको छ। बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोबाइलसमेत लुटेर लगेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट