उपप्रधान तथा गृहमन्त्रीबाट राजिनामा दिने रवि लामिछानेको तयारी, संसदीय समिति वनाउन सत्ता पक्ष तयार

काठमाडौं– सहकारी ठगी प्रकरणमा चौतर्फी घेरावन्दीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मार्गप्रशस्त गर्न तयार देखिएका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग नछाडेपछि लामिछाने निकासका लागि तयार देखिएका हुन।

यसका लागि रास्वपाभित्र चार वटा विकल्पमा छलफल भएको छ। पहिलो– यथास्थितीमा अघि वढ्ने, दोस्रो – संसदीय छानबिन समिति गठन स्वीकार गर्ने, तेस्रो – संसदीय छानबिन समितिमा रास्वपाका कोही पनि नवस्ने र चौथो – गठबन्धन नै छोडिदिने।

यो चार विकल्प मध्ये कुनै एउटा विकल्पमा अघि वढ्ने तयारी भएको जनाईएको छ। यसपछि सत्ता पक्ष संसदीय छानबिन समिति बनाउन तयार भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल संसदीय छानबिन समिति गठनको लागि तयार भएको कांग्रेस नेताहरूले बताएका छन्।

संसदीय छानबिन समिति गठन अघि संसद्मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिन प्रधानमन्त्री दाहालले कांग्रेससँग प्रस्ताव गरेका छन्। संसद्को रोस्ट्रमबाट स्पष्टीकरण दिएर संसदीय छानबिनका लागि तयार भएको सन्देश गृहमन्त्री लामिछानेले दाहाललाई दिएका छन्। नेकपा (एमाले)ले पनि बिहीबारको बैठकमा गृहमन्त्रीले बोल्न पाउनु पर्ने बताउँदै आएको थियो।

यसअघि सत्तापक्षका नेताहरू संसदीय छानबिनका लागि तयार भएका थिएनन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार पनि कांग्रेसको कुण्ठाका आधारमा समिति बन्न नसक्ने बताएका थिए। कांग्रेस सचेतक सुशीला थिङले बिहीबार ४ बजेको बैठक सुचारु गर्नेगरी छलफल चलिरहेको बताएकी छिन्। कांग्रेसले गत चैत ६ गतेदेखि गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आइरहेको छ । ५८ दिनपछि संसदीय समिति गठनमा सत्तापक्ष तयार भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट