२९ वर्षीया किशोरीलाई नेदरल्याण्डमा किन दिईयो इच्छामृत्युको अनुमति ?

काठमाडौं– क्रोनिक डिप्रेसन, एन्जाइटी, ट्रमा र पर्सनालिटी डिसअर्डर जस्ता गम्भिर मानसिक समस्यासँग जुधिरहेकी २९ वर्षीया एक महिलालाई नेदरल्याण्ड्स सरकारले इच्छामृत्युको अनुमति दिएको छ।

साढे तीन वर्षदेखि लगातार इच्छामृत्युका लागि सरकारलाई मनाईरहेकी जोरया टेर बेकले यो महिना अनुमति पाएको द गार्डियनले उल्लेख गरेको छ। उनी जर्मनीको सिमाना नजिकै नेदरल्याण्डमा बस्छिन्।

चिकित्सकहरुका अनुसार अटिजम भएको व्यक्तिले आफैलाई प्रहार गर्छ र चोट पु¥याउँछ। उसलाई आत्महत्या गर्ने सोच आइरहन्छ। जोरयाले अब आफ्नो समस्याको समाधान नभएको महसुस गर्दै इच्छामृत्युको माग गरेकी थिइन्।

जोराया बाल्यकालदेखि नै चिन्ता र आघातको सिकार थिइन्। तर, शारीरिक रूपमा पूर्ण फिट छिन्। यस्तो अवस्थामा उनको इच्छामृत्युको स्वीकृतिमा प्रश्न भने उठिरहेको छ। मानसिक रोगबाट ग्रसित मानिसहरुले इच्छामृत्युलाई अपनाउने गरेको बताउँछन्।

जोरयाले द गार्डियनलाई बताए अनुसार उनको समस्या बाल्यकालबाट सुरु भएको थियो। उनी क्रोनिक डिप्रेसन, एन्जाइटी, ट्रमा र पर्सनालिटी डिसअर्डर जस्ता समस्याबाट पीडित हुन थालिन्। यसबाहेक उनलाई अटिजमको समस्या पनि थियो। यसैमा उनी आफैँलाई दुःखी बनाउन थालिन्।

जोरायाले आफ्नो रोगसँग लड्न इलेक्ट्रोकन्भल्सिभ थेरापी (इसीटी) को ३० भन्दा बढी उपचार गराइन्। यसमा बिरामीलाई विद्युतीय झट्का दिइन्छ। तर उनको स्वास्थ्यमा कुनै सुधार नआएको जोरयाले बताएकी छन्।

१० वर्षसम्म विभिन्न तरिकाले उपचार गराएपछि निराश भएर अन्ततः स्वस्थ जीवन जिउने आशा त्यागेको जोरयाले बताइन्। त्यसपछि उनले इच्छामृत्युका लागि आवेदन दिएकी थिइन्। उनले इच्छामृत्यु प्राप्त गर्न त्यति सजिलो नभएको बताइन्।

इच्छामृत्युलाई वैधानिकता दिने पहिलो राष्ट्र नेदरल्याण्ड्स हो। त्यहाँ सन् २००१ मा इच्छामृत्युलाई कानुनी मान्यता दिइएको थियो। नेदरल्याण्डमा इच्छामृत्युको लागि स्वीकृति पाएपछि डाक्टरहरूले सामान्यतया अन्तिम मिनेटको प्रक्रिया सम्बन्धित व्यक्तिको घरमा गर्छन्। यस क्रममा बिरामीलाई विशेष प्रकारको इन्जेक्सन दिइन्छ र केही मिनेटमै उनको मृत्यु हुन्छ।

यो प्रकरणमा मृत्युपछि पनि छानबिन हुन्छ। चिकित्सकको तर्फबाट अलिकति पनि लापरबाही गरेको पाइएमा १२ वर्षसम्म कैद हुनसक्छ। सन् २०२२ मा नेदरल्याण्डमा यस कानुनी विधिबाट कुल ८ हजार ५ सय १ जनाले इच्छामृत्यु रोजेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट