संसदमा गृहमन्त्री लामिछानेको सम्वोधनः कांग्रेसलाई धम्क्याएर सहकारी प्रकरणमा उम्मुक्तीको अपेक्षा

काठमाडौ– झण्डै दुई महिना लामो प्रयासपछि उपप्रधनमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आईतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने मौका पाए।

लामिछानेले आफनो सम्बोधनमा विशेषगरी कांग्रेसका नेतालाई धम्क्याए। ‘आफनो वारेमा अनुशन्धान गर्ने भएपछि कांग्रेसका नेताहरुको बारेमा अनुशन्धान किन नगर्ने ?’ भन्ने आसयबाट प्रश्तुत भएका उनले कांग्रेस महामन्त्री गगन थापा, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नि आरजु राणा, नेता रामहरी खतिवडा लक्षित सम्बोधन गरे।

उनले स्ववियु सभापति, कृषि समितिको सभापति र स्वास्थ्यमन्त्री हुँदा मिडियामा आएका समाचार उल्लेख गर्दै छानबिन समिति बनाउने कि नबनाउने भनी प्रश्न महामन्त्री थापालाई धम्क्याए। उनले धनराज गुरुङको रातो पासपोर्ट काण्डदेखि, आरजु राणा, टेकबहादुर गुरुङ र चित्रबहादुर केसीसम्मका सार्वजनिक समाचार उल्लेख गर्दै छानबिन समिति बनाउने कि नबनाउने भनी प्रश्न गरे।

उनले वाइडबडी भ्रष्टाचार, कैलालीको टिकापुर नगर विकास समितिको जग्गा व्यक्तिका नाममा गर्ने प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण, बालमन्दिरदेखि बाँसबारीको जग्गा प्रकरण मात्र होईन, घडी प्रकरणमा रामहरी खतिवडालाई समेत धम्की दिन भ्याए।

तर केही विषय भने भने उनले छुटाए। अहिलेको चर्चाको विषय बनेका कुराहरु उनको जानकारीमा छैनन् वा उनले उठाएनन् त्यो त लामिछानेले नै जानुन। तर, कतिपय विषय भने उनले छुटाएकै हुन। हालै सार्वजनिक भएको गिरीबन्धु टि–इस्टेटको अर्बौंको जग्गा प्रकरणको नामसम्म उनले उच्चारण गरेनन्।

सर्वोच्च अदालतले नै उक्त निर्णयलाई गलत भनेको छ। त्यसैगरी एनसेल काण्ड, कम्बोडियामा केपी ओलीले गरेको भनिएको लगानीकाण्ड, ओम्नी काण्ड, ७० करोड घुस सम्बन्धी अडियो प्रकरण, कोरोनाकालमा स्वास्थ्य सामग्री खरिद घोटालाकाण्ड, संवैधानिक अंगमा गैरकानुनी तरिकाले नियुक्त गरिएको ५२ पदाधिकारी प्रकरण, पोखरा विमानस्थल प्रकरण, भैरहवा विमानस्थल प्रकरण, पानी ट्याङ्की प्रकरण, आईफा अवार्ड, बूढीगण्डकी जलविद्यूत् परियोजना, युनिभर्सल पिस फाउन्डेसन– होली वाइन प्रकरण, माओवादी लडाकु प्रकरणलगायतका कुराहरु भने उनले आफनो सम्वोधनमा छुटाएको देखियो।

उनले एकोहोरो कांग्रेसलाई मात्रै थर्काए। तर, कांग्रेस महामन्त्री गगन थापाले भने आवश्यक्ता भए लामिछानेले भनेका सवै विषयमा समिति बनाए हुने प्रतिक्रिया दिएका छन्। थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै तोकेर संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका छन्।

लामिछानेले बोलेपछि नयाँ बानेश्वरमै पत्रकार सम्मेलन गरेका थापाले गृहमन्त्री लामिछनेले सबै नेता चोर हौँ भन्ने आशय व्यक्त गरेको उल्लेख गरे । ‘आज उहाँ (रवि लामिछाने) सबैतिर लगेर तिमीहरू चोर हौ, त्यसकारण मैले पनि चोर्न पाउनुपर्छ, तिमीहरूले मात्रै चोर्न पाउने ? भन्ने आशय व्यक्त गर्नुभयो’–थापाले भने। उनले‘ फाइल खोलिदिऊँ ? भनी धम्की नदिन’ पनि चेतावनी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट