चिप्लेटी खोलामा १३ बर्षीया बालिका बलात्कार गरेको आरोपमा ५८ वर्षीय डिलप्रसाद पक्राउ

काठमाडौं– म्याग्दीको मंगला गाउँपालिका–४ सोलडाडा बुकेनीका ५८ वर्षीय डिल प्रसाद सापकोटालाई प्रहरीले नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ।
सापकोटाले १३ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीको आरोप छ। ती बालिकालाई सोही ठाउँस्थित चिप्लेटी खोलामा लगेर बलात्कार गरेको सूचना पाएपछि खटिएको प्रहरीले सापकोटालाई पक्राउ गरेको हो।
प्रहरी चौकी सिङ्गातातोपानीका अनुसार घट्नाका विषयमा थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया