अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३४ वटा आपराधिक मुद्दामा दोषी ठहर, जेल जान सक्ने

काठमाण्डौं– अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३४ वटा आपराधिक मुद्दामा दोषी ठहर भएका छन्। न्युयोर्क स्थित एक अदालतमा भएको ऐतिहासिक सुनुवाइका क्रममा झूटो व्यापारिक अभिलेख राख्ने सबै मुद्दामा उनलाई दोषी ठहर गरिएको हो।
अमेरिकाको इतिहासमै बहालवाला वा पूर्व राष्ट्रपतिलाई अपराधको सजाय सुनाइएको पहिलोपटक हो। आगामी जुलाई ११ मा पूर्वराष्ट्रपति ट्रम्पलाई सजाय निर्धारण गरिनेछ। ट्रम्प जेल जान सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन्।
कानुनी विज्ञहरुले ट्रम्पलाई जरिवाना मात्रै गर्ने सम्भावना पनि रहेको बताएका छन्। ट्रम्पले फैसलालाई अपमानजनक भन्दै मुद्दाको अध्यक्षता गर्ने न्यायाधिश माथि नै आक्रमण गरे। आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा बाइडनलाई हराएर ह्वाइट हाउसमा फर्कने ट्रम्पको अभियानलाई प्रभावित पार्ने गरी अदालतले फैसला गरेको बताइएको छ।