तिव्र गतिमा मोटरसाईकल हुँईक्याउँदा अटोमा ठोक्किएर २ जनाको ज्यान गयो

काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिका–२, कुमलगडीमा तिव्रगतिमा रहेको मोटरसाईकल अटोरिक्सामा ठोक्किँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक बबई गाउँपालिका– ४ का ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलको पछाडि सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुर पोख्रेलका अनुसार बिहीबार दिउसो कुमलगडीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरित दिशामा जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा घाईते भएका भण्डारी र केसीको नेपालगञ्जमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा परी अटो चालक दाङ शान्तिनगर– ७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा घाइते भएका छन्। उनको उपचार नेपालगञ्जमा भइरहेको छ।

मोटरसाइकल तिब्रगतिमा गुड्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट