देउवा निवासको भुकम्पले बालुवाटारमा कम्पन, क्षती ब्यवस्थापन गर्न सिंहदरबारमा ३ नेताको वैठक

काठमाण्डौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार साँझ बुढानिलकण्ठमा बोलाएको विपक्षी दलहरुको वैठकमा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागि भएपछि सत्ता गठवन्धनमा भुकम्पको संकेत देखिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गठवन्धनको बचाउ गर्दै ‘अध्यक्ष नेपाल आफनो सहमतिमा विपक्षी गठवन्धनको वैठकमा गएको’ बताएका छन्। माधव नेपालका कारण सत्ता गठबन्धनमा समस्या नआउने विषयमा दाहाल विश्वस्त छन्। तर, नेकपा एमाले भने नेपालको वुढानिलकण्ठ आउजाउनका कारण दाहालको भनाईमा विस्वस्त हुन सकेको छैन। सत्तारुढ दल भएर विपक्षी दलहरुको बैठकमा सहभागी भएको विषयलाई एमालेले गम्भीरताका साथ लिएको छ।

देउवाले बोलाएको वैठकमा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए। वैठक मधेशमा सरकार निर्माणबारे छलफल गर्ने उदेश्यले बोलाईएको थियो र माधव नेपालको उपस्थिति निकै महत्वपूर्ण थियो।

यो प्रकरणले सारमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि तिल्मिलाएको प्रष्ट देख्न सकिन्छ। भर्खरै चौथोपटक विश्वासको मत लिएकाले पाँचौपटक विश्वासको मत लिनुपर्ने आपत् आईपर्ला भन्ने भयले दाहाललाई छोपेको छ।

यद्यपी उनले गठवन्धन केही नहुने र वर्तमान सरकार ५ वर्ष टिक्ने स्पष्टीकरण भने दिन छोडेका छैनन्। यतिसम्मक कि विराटनगर पुगेका प्रधानमन्त्री दाहालले विमानस्थलमा सदाझैं उपस्थित सम्वाददाताहरुसँग स्पष्टीकरण नै दिनुपर्यो। उनले नेता नेपालले आफूलाई वर्तमान सत्ता समीकरणभन्दा बाहिर नजाने स्पष्ट गरेको भनेर प्रष्ट्याए।

यो कुरा यतिमा मात्रै सिमित भएन। यो विषयलाई छिनोफानो गर्न प्रधानमन्त्री दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच आज सिंहदरबारमा भेटवार्ता नै भएको छ।

भेटमा समसामयिक राजनीतिबारे छलफल भएको एमाले अध्यक्ष ओलीले जानकारी दिए। तर, आजको छलफल देउवाको निवासमा बसेको प्रतिपक्ष दलहरुको बैठकमा नेपाल सहभागी भएको विषयमा केन्द्रित भएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट