वैदेशिक रोजगारीः एक महिनाभित्र सप्तकोशीका २ युवाले गरे झुण्डिएर आत्महत्या
राजविराज– वैदेशिक रोजगारीमा गएका सप्तरीको सप्तकोशी नगरपालिकाका २ युवाले एक महिनाको अन्तरमा आत्महत्या गरेर ज्यान फालेका छन्।
सप्तकोशी नगरपालिका १, फत्तेपुरका करिव ३५ वर्षीय रमेश फुँयलले साउदी अरव र वडा नं. ११ का सत्यनारायण मण्डलका छोरा करिव ३० वर्षीय प्रदिप मण्डलले मलेसियामा आत्महत्या गरेका हुन।
मण्डल सोमवार आफनै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको छिमेकीले जानकारी दिए। घरका एक्लो सन्तानरहेका मण्डलका आमावुवा, श्रीमती र २ सन्तान छन्। स्थानीयका अनुसार गाउँमै अटो चलाउँदै आएका उनी एक वर्षअघि मात्रै मलेसिया पुगेका थिए।
यसअघि गत वैशाखको अन्तिम साता फुयलले साउदी अरवमा झुण्डिएर आत्महत्या गरेका थिए।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

