टुनामुना गरेर बालकको हत्या गरेको आरोपमा महिलामाथि कुटपिट, प्रहरी भन्छ– सामान्य विवाद हो

जनकपुर — महोत्तरीको भंगहा नगरपालिका–१, कविलासा निवासी लक्ष्मेश्वरका नाबालक छोराको दुई महिनाअघि मृत्यु भयो। उनको के कारणले मृत्यु भयो भन्ने विषय खुलेको छैन। तर, त्यो घट्नामा कुनै सम्वन्ध नै नभएकी एक महिलालाई अहिले आएर ‘बालकको हत्या गरेको’ भन्दै कुटपिट गरिएको छ।

‘टुनामुना’ गरी बालकलाई मारेको आरोपमा बोक्सी भन्दै स्थानीय ४० वर्षीया जगतारनदेवी साहलाई छिमेकीले कुटपिट गरेका हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार यो घट्ना गत सोमवार भएको हो। प्रहरीले भने सामान्य विवादमा कुटपिट भएको जनाएको छ।

पीडित महिलाले भने दिउँसै रक्सी खाएर मातेका राजेश साहले गालिगलौज गर्दै कुटपिट गरेको आरोप लगाएकी छिन्। घरमा कोही नभएका बेला आफूमाथि कुटपिट भएको उनको भनाइ छ। कुटपिटबाट घाइते भएकी जगतारनको जनकपुरमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट