बलात्कृत भएर वेहोस भएकी किशोरीलाई छारे रोग लागेको भन्दै यसरी छोडियो अलपत्र

काठमाण्डौं– अछामको पञ्चदेवल विनायक नगरपालिका–२ स्थित छाउगोठमा बसेकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा नातामा मामा पर्ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।

११ वर्षदेखि मामाघरमा बसेर पढिरहेकी किशोरी छिमेकीको घरमा जन्मदिन मनाएर फर्कंने क्रममा महिनावारी भएपछि छाउगोठमा बसेकी थिईन। अछामका डीएसपी सन्तोष पाठकका अनुसार सोमबार मध्यराति छाउगोठबाट पिसाव गर्न निस्किएका बेला ति किशोरले बलात्कार गरेको खुलेको छ।

राति करिव २ बजे पिसाव फेर्न निस्किएका बेला मकै बारीमा लडाएर बलात्कार गरेको उनले वताए। किशोरीलाई मंगलबार दिउँसो बेहोस अवस्थामा प्रहरीले उद्धार गरेको थियो। सुरुमा उनलाई छारे रोग लागेको र नजिक गए रोग सर्छ भन्दै वास्तै नगरी छोडिएको थियो।

तर, स्थानीय एक किशोरीले त्यहाँको अवस्थाका बारेमा जानकारी गराएपछि पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेसहित पुगेको प्रहरी टोलीले दिउँसो करिव साढे १२ बजे उनको उद्वार गरेको थियो। छारे रोग लागेर बेहोस भएको भन्दै अचेत अवस्थामै किशोरीलाई जिल्ला अस्पताल मंगलसेन लगिएको थियो।

जिल्ला अस्पताल अछामकी सूचना अधिकारी गंगा बुढा मगरका अनुसार उपचार सुरु गरेको तीन घण्टापछि किशोरीलाई होस आएको थियो। प्रहरीका अनुसार उनी झण्डै १२ घण्टा बेहोस भएको पाईएको छ।

होसमा आएपछि किशोरीले आफुमाथि बलात्कार भएको बताएपछि उनले नै नाम दिएका किशोर पक्राउ परेको डीएसपी पाठकले बताए। किशोरीको भनाई अनुसार घट्नास्थल (छाउगोठ बाहिर) मकैका बोट भाँचिएको र रगतका टाटा देखिएको उनको भनाई छ।

अस्पतालका एक कर्मचारीका अनुसार मामा नाता पर्नेले मुख च्यापेर आक्रमण गर्दै बलात्कार गरेको र नजिकै रहेका अरू दुई जनाको आवाज सुने पनि आफूले ठम्याउन नसकेको किशोरीले बताएकी छिन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट