बाल यौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन दोषी ठहर, सजाय निर्धारण अर्को पेशीमा

जनकपुर– लिटिल बुद्धका नामले चर्चित र विवादित कथित तपस्वी रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गरेको छ। जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो।

२४ पुस ०८० मा बूढानीलकण्ठस्थित घरैबाट पक्राउ परेका उनी हाल सर्लाही कारागरमा थुनामा छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउको थियो। बालयौन दुराचार मुद्दामा दोषी ठहर भएका उनका लागि सजाय निर्धारण गर्न अदालतले छुट्टै पेशी तोक्ने छ।

बम्जनविरुद्ध सर्लाहीबाहेक पर्सा, सिन्धुली र सिन्धुपाल्चोकमा पनि यौन दुराचार गरेको र मानिस बेपत्ता पारेको आरोपमा मुद्दा चलिरहेको छ। सर्लाहीको आश्रममा रहँदा अनुयायीलाई बलात्कार गरेको र पोल खुल्ने डरले वेपत्ता पारेको आरोप लागेपछि उनी लामो समय फरार भएका थिए।

बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रीता बोटलाई बेपत्ता पारेको आरोप छ। महिलाकी आमाले २०७५ सालमा किटानी जोहरी दिएकी थिइन्। यसैगरी, बाराका सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइवालाई बेपत्ता पारेको आरोप पनि उनीमाथि छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट