विद्युतिय धरापमा परेर झापामा हात्तीको मृत्यु

दमक— झापामा मरेको अवस्थामा एउटा हात्ती फेला परेको छ।
मेचीनगर–३ वहुवन क्षेत्रनजिकै एउटा हात्ती मरेको अवस्थामा फेला परेको स्थानीयले बताए। धरधरे खोला आसपासमा करेन्ट लागेर मरेको अवस्थामा हात्ती भेटिएको प्रहरीले जनाएको छ।
किसानले घर र बाली जोगाउन घरैपिच्छे विद्युतीय तारबार गरेका कारण सोही तारको पासोमा परेर हात्ती मरेको आशंका प्रहरीको छ।
तीन महिनायता झापा, मोरङ र सुनसरीमा आधा दर्जन जंगली हात्ती मारिएका छन्। केहीलाई गोली प्रहार गरीको थियो भने केही विद्युतीय पासोमा परेर मरेका थिए।
प्रतिक्रिया