कलैयामा वेस्यावृत्तिमा संलग्न ४ महिला र रेस्टुरेन्ट सञ्चालकसहित ६ जना पक्राउ
वीरगन्ज– वेस्यावृत्तिमा संलग्न भएको आरोपमा प्रहरीले बाराको कलैयाबाट ४ महिलासहित ५ जना र एक रेस्टुरेन्ट संचालकलाई पक्राउ गरेको छ।
कलैया उपमहानगरपालिका–५ घुसुकपुरमा सञ्चालित हिमानी रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा छापा मारेर प्रहरीले ४ जना महिला तथा पर्साको विरगन्ज महानगरपालिका–२९ घर भएका २० बर्षीय युवक र होटेल संचालक कलैया –५, घुसुकपुरका ३० बर्षका श्यामसुन्दर प्रसाद यादवलाई पक्राउ गरेको हो।
पक्राउ परेका महिला र युवकको नाम प्रहरीले खुलाएको छैन। विभिन्न ठाउँबाट महिलाहरू बोलाई आर्थिक प्रलोभनमा पारेर वेश्यावृति गर्ने/गराउने गरेको सूचनाको आधारमा रेस्टुरेन्टमा छापा मारीएको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानेले बताए।
पक्राउ परेका व्यक्तिहरूविरुद्ध मानव वेचबिखन तथा ओसारपसार सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको न्यौपानेले बताए।
लोकप्रिय
मन्त्री बब्लु गुप्ताः देउसीको पैसा हजम गरेर टाप, मिटरब्याज पीडितको आन्दोलनबाट लखेटिएका विवादास्पद पात्र
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
