तिर्थयात्री बोकेको ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु

जनकपुर– बोलबल हिडेका तीर्थयात्री बोकेका ट्याक्टर दुर्घटना हुँदा आईतबार एक महिलाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्।

भारतको मढिया शिव मन्दिरमा जल चढाएर फर्किएका तीर्थयात्रीलाई सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ औरही तर्फ लिएर आएको ज २ प ३२७ नम्बरको ट्याक्टर मलंगवा नगरपालिका–१२ गम्हरिया छेउको नहरमा खसेको थियो।

दुर्घटनामा चक्रघट्टा गाउँपालिका–५ की ५४ वर्षीया पतहीदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनको वीरगञ्जस्थित एनएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा परेर चक्रघट्ट गाउँपालिका–५ की २६ वर्षीया शान्ति देवी, उनकी ९ वर्षीया छोरी सुस्मिता देवी, ४० वर्षीया गीता देवी र मृतक पतही देवीकी छोरी ११ वर्षीया अंशुकुमारी घाईते छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

तीव्र गतिमा रहेको ट्रयाक्टर अनियन्त्रित भई नहरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। ट्रयाक्टर चालक फरार छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट