पालिका अध्यक्षद्वारा सप्तरीका ३ जना पत्रकारलाई कोठामा थुनेर दुर्ब्यवहार

राजविराज — सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले समाचार संकलनका लागि गएका पत्रकारलाई बन्धक बनाएर कोठामा थुनेका छन्।

गैरकानुनी रूपमा गाउँसभा गरेको भन्दै केही जनप्रतिनिधि र स्थानीयले मंगलबार पालिका अध्यक्ष मण्डललाई ज्ञापनपत्र बुझाउने कार्यक्रमको थियो। सोही समाचार संकलनमा गएका पत्रकारलाई उनले बन्धक बनाएका हुन। तीनै जना पत्रकार महासंघ सप्तरीका पदाधिकारी तथा समितिका सदस्य हुन।

मण्डलले कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता एवम् पत्रकार महासंघ सप्तरीका एचिव आरएन विश्वासको माइक खोसे भने सँगै गएका पत्रकार महासंघका कोषाध्यक्ष नवीन गुप्ता र नेपाल समाचार पत्रका स्थानीय संवाददाता एवम् महासंघका कार्यसमिति सदस्य विद्यानन्द रामलाई कोठामा थुनेको नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अवधेश झाले जानकारी दिए।

मण्डलले गुप्ता र रामलाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा थुनेर दुर्व्यवहार पनि गरेको झाले वताए। पालिका अध्यक्षले माइक खोस्नुका साथै अभद्र व्यवहार गर्न लगाएको पत्रकार महासंघ सप्तरीका सचिव विश्वासले बताएका छन्।


प्रतिक्रिया

One thought on “पालिका अध्यक्षद्वारा सप्तरीका ३ जना पत्रकारलाई कोठामा थुनेर दुर्ब्यवहार

  1. Yasta neta hos ya janpatrinidhi
    Karbahi kobdayara ma sanjay hunu parx rajnitik ko nam ma
    Gunda palne Kam
    Emale ka neta hun ,thuk ghinlagx

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट