छोरीको घरमा पाहुना आएका छामबहादुरको घाटीमा हड्डी अड्किएर मृत्यु

चितवन– चितवनमा घाँटीमा हड्डी अड्किएर बुधबार एक जनाको मृत्यु भएको छ। तनहुँ भिरकोट पिपलबारीका ५९ वर्षीय छामबहादुर रानामगरको मृत्यु भएको हो।

नवलपरासीको गैंडाकोट नगरपालिका–१ गंगानगरस्थित छोरीको घर आएका मगरको भरतपुरको सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार बिहान मासुभात खाँदा उनको घाँटीमा हड्डी अड्किएको थियो। उनलाई तत्कालै उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट