प्रचण्डलाई अध्यक्षमा टिक्न नदिने योजनामा जनार्दन, स्थायी कमिटि वैठकमा प्रश्तुत गरे १४ पन्नाको प्रश्ताव

काठमाण्डौं– पार्टी स्थापना कालदेखि नै एकछत्र राज गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विकल्प खोज्न सुरु भएको छ। खासगरी उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) ले पुष्पकमल दाहाललाई अध्यक्षमा विकल्प दिन दबाव सृजना गर्न थालेका छन्।

उनले दाहाललाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। अध्यक्ष दाहालसहितका पदाधिकारीहरु संरक्षकको भूमिकामा रहने र तेस्रो पुस्ताको युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्माको प्रस्ताव छ। उनले हालको केन्द्रीय कमिटी भंग गरी अध्यक्ष दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनको बाटो अपनाउनुपर्ने प्रस्ताव गरेका छन्।

उनको यो प्रस्ताव वैधानिक रुपमा छलफलको विषय वनेको छ। २५ साउनदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रस्तुत भएको यो प्रश्ताव १४ पृष्ठ लामो छ। ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने,’ शर्माले आफनो प्रश्तावमा लेखेका छन्– ‘अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने। हालका पदाधिकारीहरु सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेश्रो तहका युवाहरुलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने।’

शर्माले पार्टीभित्र फरक मतको सम्मान गर्ने संस्कार मासिदै गएको, कम्युनिष्ट स्प्रिट अनुसार सामूहिक छलफलको परिपाटी कमजोर हुन पुगेको र माथिदेखि तलसम्म परिवारवाद हावी भएका कारण पार्टी कमजोर बन्दै गएको टिप्पणी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट