मुकुललाई रास्वपाको २४ घन्टे स्पष्टीकरणः तपाईलाई साधारण सदस्यवाट किन निस्कासन नगर्ने ?

काठमाण्डौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्वित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीले फेरी २४ घन्टे स्पष्टीकरण सोधेको छ। तपाईलाई पार्टीको साधारण सदस्यबाट किन निस्कासन नगर्ने? भन्दै स्पष्टीकरण सोधिएको हो।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बुधबार ढकाललाई स्पष्टिकरण सोधेका हुन। यसअघि रास्वपाले २५ असारमा ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट पदमुक्त गरेको थियो। त्यसबेला ढकाललाई रास्वपाले पार्टी निर्णय चित्त नबुझेमा पुनरावेदन गर्न समय दिएको थियो।

तर ढकालले त्यो समयमा पुनरावेदन गरेनन्। त्यसपछि सञ्चार माध्यमहरूमा नेताहरूको छवि, इज्जत र प्रतिष्ठा धमिल्याउन खोजेको, पार्टीका शुभचिन्तक भड्काउन खोजेको, पार्टीभित्र भ्रम सिर्जना गर्न खोजेको भन्दै रास्वपाले स्पष्टीकरण सोधेको हो।

स्पष्टिकरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेतालाई भेटेको विषय पनि उल्लेख छ। पत्रमा ‘यसबीचमा पार्टीलाई समाप्त पार्ने षड्यन्त्रपूर्ण ढंगले अन्य दलका नेताहरूसँग भेटेको सूचना प्राप्त भएको छ’ भन्दै सदस्यता किन खारेज गर्न नपर्ने हो आफ्ना आधार र प्रमाण तथा भनाइ २४ घन्टाभित्र स्पष्टीकरण दिन भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट