भारतको केदारनाथ नजिकै पहिरोमा परी चितवनका ३ सहित ४ जना नेपालीको मृत्यु

काठमाण्डौं — भारतको केदारनाथ नजिकै पहिरोमा परी ४ जना नेपालीको मृत्यु भएकाको छ।

मृत्यु हुनेमा १ जना दैलेखका र ३ जना चितवनका नागरिक छन्। सडकछेउमा छाप्रो बनाएर एकै ठाउँमा बसेका उनीहरुलाई पहिरोले पुरेको दिल्लीस्थित नेपाली दुतावासले जनाएको छ।

चितवनको माडीका पुर्ण नेपाली, किसन परीयार र तुल बहादुर परीयार तथा दैलेखका दिपक बुढाको पहिरोमा परी मृत्यु भएको दुतावासका काउन्सलर उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। बुढाको पुर्ण ठेगाना खुलेको छैन।

उनीहरु डेढ महिनाअघि मात्रै डकर्मीको काम गर्न केदारनाथ नजिकैको फाटा भन्ने ठाउँमा पुगेको खुलेको छ। बिहीबार राती रुद्रप्रयागबाट ८० किलोमिटर टाढा केदारनाथ जाने बाटोमा फाटा नजिकै पहिरोमा परी उनीहरुको मृत्यु भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट