उपाध्यक्ष, सचिव र पूर्वअध्यक्षले नै गरे पत्रकार महासंघको कार्यालयमा तालावन्दी

राजविराज– नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा शुक्रबार तालावन्दी भएको छ। शाखाका उपाध्यक्ष वैद्यनाथ यादव, सचिव आरएन विश्वास, शाखाका सदस्य, पूर्वअध्यक्ष एवम् महासघका पूर्वकेन्द्रीय सदस्यको टोलीले कार्यालयमा तालावन्दी गरेको हो।
पत्रकारमाथि दुर्व्यवहार, सञ्चार सामग्री लुटपाट र अपहरणको शैलीमा वन्दी बनाउँदा समेत शाखाको नेतृत्व अनिर्णित भएको विरोधमा कार्यालयमा तालावन्दी गरिएको हो। तालावन्दीमा सहभागि अधिकांश पत्रकार प्रेस मञ्च नेपालसँग आवद्ध छन्।
प्रेस मञ्च नेपालका अध्यक्ष भूषणकुमार सिंहको नेतृत्वमा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष यादव, पीडित समेत रहेका सचिव विश्वास, कार्यसमिति सदस्य तथा पीडित विद्यानन्द राम, शाखाका पूर्व अध्यक्ष जितेन्द्र खड्गा, महासंघका पूर्वकेन्द्रीय सदस्य अवधेश झालगायतले कार्यालयमा तालावन्दी गरे।
राजगढ गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डलसहितका समुहले गत २२ साउनमा सचिव विश्वास, कोषाध्यक्ष नविन गुप्ता र सदस्य रामलाई दुर्ब्यवहार गर्दै संचार सामग्री खोसेको थियो। पत्रकारको टोलीलाई केही समय वन्दीसमेत वनाईएको थियो।
पत्रकारमाथि भएको यस्तो घट्नामा समेत महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव चुप लागेर वसेको तथा शाखालाई नै अनिर्णयको बन्दी बनाएकाले अनिश्चितकालिन कार्यालय तालावन्दी गरिएको उपाध्यक्ष यादवले वताए।
पत्रकारमाथि भएको घटनालाई लिएर २३ साउनमा अध्यक्ष देवको अध्यक्षतामा बसेको पत्रकारहरूको वृहत बैठकको निर्णय बमोजिम घटनामा संलग्नमाथि कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएको हप्तौंसम्म दर्ता नहुँदा समेत अध्यक्ष मौन बसेकोले बाध्य भएर आफ्नै नेतृत्व विरुद्ध सङ्घर्षमा जानू परेको उपाध्यक्ष यादवको भनाई छ।
पीडित पत्रकार र महासंघले प्रहरीलाई बुझाएको जाहेरी दर्ता नभएसम्म आन्दोलन जारी रहने उनले बताए। जाहेरी दर्ताका लागि दवाव स्वरुप प्रहरी विरुद्ध थप सङ्घर्षका कार्यक्रम घोषणा गरी सशक्त आन्दोलनमा उत्रिने प्रेस मञ्चका अध्यक्ष सिंहले बताए।
यो पनि,