बालेन्द्रको टी–सर्ट लगाएर ज्यान मुद्दाका फरार अभियुक्त ओली विरुद्ध अश्लील नारा लगाउन पुगेपछि…

काठमाण्डौं– १० भदौमा टुडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा अथिति बनेर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध केही युवाहरुले नाराबाजी गरेपछि त्यसको वाछिटा अहिले पनि सार्वजनिक कार्यक्रममा देख्न पाईन्छ।
संविधान दिवसका अवसरमा शुक्रवार साँझ दरबारमार्गमा भएको नेशनल डे कन्सर्टमा पनि त्यसको झल्को देख्न पाईयो। प्रधानमन्त्री ओलीविरुद्ध काठमाण्डौंका मेयर बालेन्द्र साह समर्थक केही युवाहरुले नाराबाजी गरे। ती मध्ये ४ जनालाई प्रहरीले पक्राउ गर्यो। पक्राउ परेका मध्ये एक हुन– बझाङको मस्टा–३ का तीलक खड्का।
हाल माछापोखरीमा बसेर त्रिचन्द्र कलेजमा बीएस्सी पहिलो वर्षमा अध्ययन गर्दै आएका खड्का प्रहरीको रेकर्डमा फरार सूचिमा रहेको खुलेको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले तिलक खड्का नाम गरेका व्यक्ती ज्यान मुद्दामा फरार रहेको पाइएको जानकारी दिएका छन्।
तीलकले बालेन्द्रको टी–सर्ट लगाएर इन्द्रजात्रा पनि हुलदंगा गरेका थिए। त्यसपछि प्रहरीको निगरानीमा परेका उनी कन्सर्ट सुरु हुने बेला देखि नै बालेन ! बालेन ! भन्दै नारा लगाउँदै थिए। उनको ग्रुप दर्शकहरुको पछाडि जम्मा भएको थियो। प्रहरीले उनीहरुलाई सुरुमै सम्झाइ–बुझाइ गरेपनि उनीहरु थप उग्र रुपमा प्रश्तुत भईरहेका थिए।
साँझमा प्रधानमन्त्री ओली पुगेर सम्बोधन गर्ने बेलामा उनीहरुले ओलीको नाम लिएर अश्लील नाराबाजी र हुटिङ गरे। त्यसपछि प्रहरीले ४ जनालाई लाई पक्राउ गरेको थियो। पक्राउ पर्ने बेलामा पनि उनीहरूले बालेन ! बालेन ! भन्दै नारा लगाएका थिए।
प्रहरी हिरासतमा लगेर सोधपुछ गर्दा खड्काको पुरानो मुद्दाको विषय खुलेको थियो। स्रोतका अनुसार चार महिनाअघि त्रिचन्द्र कलेजभित्र भएको विवादमा उनले इँटा प्रहार गरी विद्यार्थीलाई घाइते बनाएका थिए। त्यसपछि खड्काविरुद्ध ज्यान मुद्दाको जाहेरी परेको थियो। प्रहरीका अनुसार कार्यक्रमका क्रममा खुट्टा कुल्चिएको भन्दै झगडा भएको थियो।