आफुले कमाएको खेत खोसेर अर्कालाई दिएको रिसमा जग्गाधनीको हत्या

वीरगन्ज– बाराको महागढीमाइ नगरपालिका–१, सेमरा तेगछिया नयकाटोलका नारायण प्रसाद यादव (५५) को हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका सोथाई चौधरी भन्ने सोथाई खाँ थारू (६४) लाई पक्राउ गरेको छ।

यादवको ६ दिन अगाडि खुकुरीले पछाडिबाट गर्धनमा प्रहार गरी हत्या गरिएको थियो। प्रहरीले अनुशन्धानका क्रममा हत्यामा संलग्न भएको आरोपमा सबुत प्रमाणसहित थारुलाई पक्राउ गरेको हो।

पक्राउ परेका थारुले यादवको हत्या आफुले गरेको स्विकारेका छन्। उनको वयान अनुसार मृतक यादवसँग पुरानो रिसइबी थियो। २÷३ वर्ष अगाडि आफुले खनजोत गरेको खेत खोसेर अर्कालाई कमाउन दिएपछि रिसले मार्ने योजना बनाएको थारुले वयान दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट