सुनसरीको नडाहाबाट ९ लाख रुपैयाँसहित १५ जना जुवाडे पक्राउ

इटहरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–३, नडाहामा प्रहरीले ९ लाख रुपैयाँ र १२ थान मोवाईलसहित १५ जना जुवाडेलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यलयमा महेन्द्रनगरमा राखिएको छ।

जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार उनीहरुविरुद्ध केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट