दुलारीमा हायसको ठक्करबाट बाटो काट्दै गरेका साईकल यात्रीको मृत्यु

विराटनगर– पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा आईतबार दिउँसो हायस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।
पूर्व जाँदै गरेको बागमती प्रदेश ०८–००१ च ०४७ नम्बरको हायसको ठक्करबाटसडक पार गर्दै गरेका साइकल यात्री सुन्दरहरैँचा–४ का ४४ वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको हो।
दिउँसो करिव ३ बजे हायसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
उपचारका क्रममा करिव साढे ४ बजे उनको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। प्रहरीले हायस चालक झापाको भद्रपुर नगरपालिका–८ का २६ वर्षीय विशाल दासलाई नियन्त्रणमा लिएको छ।
हायसको तीव्र गति र साइकलयात्रीको असावधानीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुशन्धानबाट देखिएको छ।
सवारीको नम्बर जे मनलाग्यो त्यही लेख्नु भएन । प्रदेश ८ कहाँ पर्छ ? मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।