मतदातालाई पैसा बाँड्दै गर्दा माओवादीका वडाध्यक्षसहित १९ जना पक्राउ

काठमाडौँ– रुकुम पश्चिममा जारी उपनिर्वाचनका लागि मौन अवधिको समयमा मतदातालाई प्रभावित पार्न पैसा बाड्ने वडाध्यक्षसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सानीभेरी गाउँपालिका ५ मा वडाध्यक्ष पदका लागि भईरहेको उपनिर्वाचनका क्रममा गएराति मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा आठबिसकोट नगरपालिका–१२ का वडाध्यक्ष खुम्मे कुसारीसहितलाई प्रहरीले पक्राउ गरेको हो।

घापागारको भदाले भन्ने ठाउँबाट नेकपा माओवादी केन्द्रका सानीभेरी गाउँ कमिटी सचिव दिपक बाँठा, वडा कमिटी अध्यक्ष तीर्थबहादुर खत्रीलगायत पक्राउ परेको जनाईएको छ। उनीहरुको साथबाट सरकारी मोटरसाइकल र ७८ हजार नगद बरामद भएको छ।

नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक गोबिन्द रोका सचिनले भने आफ्ना कार्यकर्ता नभई नेपाली काँग्रेसका कार्यकर्ता पक्राउ परेको जानकारी दिएका छन्। उनका अनुसार आचारसंहिता उल्लंघनको आरोपमा घापागारमा तीन जना काँग्रेस कार्यकर्ता पक्राउ परेका हुन्।

पक्राउ परेका वडाध्यक्षले भने अमेरिकाबाट आफन्तले पठाएको रकम दिन त्यहाँ पुगेको बताएका छन्। अन्य दुई जना आज भईरहेको निर्वाचनमा प्रनिनिधि भएकाले एकै ठाउँमा जम्मा भएको जनाएका छन्।

माओवादीले भने काँग्रेस कार्यकर्ताहरुले ठूलो मात्रामा पैसा बाँडेको आरोप लगाएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट