प्रधानमन्त्री ओलीले भुँई छोडे लगत्तै भारतीय मिडियामा कोकोहोलो, परम्परा तोडेको आरोप
राजविराज– प्रधानमन्त्री केपी शर्मा ओली ४ दिने भ्रमणका लागि चीन उडे लगत्तै भारतीय सञ्चार माध्यमले कोकोहोलो सुरु गरेका छन्। केही सञ्चार माध्यमले ओलीलाई चीन परस्त भएको आरोप लगाएका छन्।
द न्यु इण्डियन एक्सप्रेसले प्रधानमन्त्री ओली परम्परालाई तोडेर बेइजिङ पुगेको आरोप लगाएको छ। नेपालका प्रधानमन्त्रीले पहिले भारतको भ्रमण गर्ने परम्परा ओलीले तोडेको समाचारमा उल्लेख छ। नेपाली सञ्चार माध्यमलाई उद्धृत गर्दै नयाँ दिल्लीले औपचारिक भ्रमणको निम्तो नदिएपछि ओली बेइजिङ गएको पनि उक्त समाचारमा जनाईएको छ।
चीन र भारतसँग सिमाना जोडिएको नेपालको कुल वैदेशिक व्यापारको ६५ प्रतिशतभन्दा बढी भारतसँग हुने गरेको र चीनसँग १५ प्रतिशत मात्रै हुने गरेको विषयलाई ध्यान दिनुपर्ने समाचारमा लेखिएको छ।
तर, विद्युतीय गाडी आयातमा चीनले ७० प्रतिशत ओगटेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। समाचारमा यसअघि दुई कार्यकाल प्रधानमन्त्री भई जुलाईमा सत्तामा फर्किएका खड्गप्रसाद शर्मा ओलीले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटघाट र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उल्लेख छ।
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

