सहकारी पीडितका नाममा रास्वपाका कार्यकर्ताद्वारा गगन थापामाथि पोखरामा हुलहुज्जत, हात हालाहाल

पोखरा– सहकारी पीडितका नाममा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आईतबार पोखरामा नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि आक्रमणको प्रयास गरेका छन्।

पार्टी संगठनको कामले पोखरामा रहेका थापामाथि अपरान्ह चिप्लेढुंगामा रहेको पार्टी कार्यालयमा सहकारी पीडित बताउने केही महिलाहरूले घेरा हालेका थिए। त्यसको नेतृत्व रास्वपाकी कार्यकर्ता अनुराधा श्रेष्ठले गरेकी थिइन्।

‘सहकारीमा कहाँ रवि दोषी छन? प्रमाण कहाँ छ? माग्न आएको’ भन्दै श्रेष्ठ पार्टी कार्यालयको ढोकामा पुगेपछि स्थिति तनावपूर्ण भएको थियो। केही बेर हात हालाहालको अवस्था समेत आएको जनाईएको छ।

सूर्यदर्शन सहकारीका अध्यक्ष बनेका तथा संघर्ष समिति (तदर्थ) का अध्यक्ष किरण श्रेष्ठका अनुसार अनुराधा श्रेष्ठ यसअघि सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिको कोषाध्यक्ष थिइन्। तर, सहकारी काण्डमा रास्वपा सभापति रवि लामिछाने जोडिएसँगै उनी संघर्षको कार्यक्रम छोडेर रवि बचाउन अभियानमा लागेकी छिन्।

‘उनी रास्वपाको पोखरा महानगरपालिपका वडा नम्बर ६ की सदस्य हो’ उनले भने, ‘रविविरुद्ध किटानी जाहेरी मुद्दा हाल्ने अनि अहिले रविलाई छोड्देऊ भनेर रुँदै हिँड्ने काम गरिरहेकी छन्।’ किरणका अनुसार उनी रविसहित १८ जनालाई प्रतिवादी बनाउने पूरक जाहेरीकर्ता हुन्।

गगन थापाकहाँ प्रमाण खोज्दै पुगेकी उनलाई रास्वपाका कार्यकर्ताले अदालतमा पनि लगेर रुवावासी गर्न लगाउँने गरेको किरणको भनाई छ। कास्की जिल्ला अदालतमा रविसँग असम्बन्धित रास्वपाका मान्छेहरू प्रवेश गर्ने र हल्ला गर्ने गरेको आरोप पनि अध्यक्ष श्रेष्ठले लगाए। त्यही विषयलाई लिएर आइतबार अदालत परिसर बाहिर केहीबेर चर्चाचर्की भएको पनि उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट