आगामी वर्षदेखि विद्यालयले रजिस्ट्रेसन फाराम वापतको शुल्क लिन नपाउने

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वर्षदेखि विद्यालय तहमा रजिस्ट्रेसन फाराम निशुल्क भर्न पाईने ब्यवस्था गरेको छ।

शिक्षा पत्रकार सञ्जाल (इजोन) ले बिहीबार गरेको साक्षात्कार कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईले यसको जानकारी दिएकी हुन। उनले दिएको जानकारी अनुसार हाल कक्षा ९ र कक्षा ११ मा गरी विद्यालय तहमा दुई पटक भर्नु पर्ने रजिस्ट्रेसन फारामलाई एक पटकमा सिमित गरिएको छ।

कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने व्यवस्था गर्न लागेको उनले बताईन। अहिले विद्यार्थीको रजिष्टेशनको नाममा कक्षा ९ र ११ मा शुल्क लिने गरिएको छ भने राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक प्रमाणपत्र बनाउँदा समेत शुल्क लिने गरेको छ।

त्यति मात्र नभई त्यही शुल्कबाट नेपाल सरकारले समेत राजश्व उठाउने गरेको छ। ‘विद्यार्थीसँग रजिस्ट्रेसन शुल्क बापत कक्षा ९ मा शुल्क लिने, त्यो राजश्वको रूपमा जाने गरेको कुरा थाहा पाएपछि रोक्नुपर्छ भनेर लागेको मन्त्री भट्टराईले बताईन।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिमा एजेन्डा लगेर पारित गराएको उनले जानकारी दिईन। यो निर्णय आगामी वर्षको बजेटबाट कार्यान्वयनमा आउने उनको भनाइ छ।

फाराम भर्ने नाममा लिने गरिएको विलम्ब शुल्क समेत अव लिने नपाईने उनले बताईन। शैक्षिक प्रमाणपत्र, त्रुटिहरू सच्याउने लगायतका सवै शुल्क हटाईएको उनले जानकारी दिईन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट