गायिका रचना रिमाललाई भएको के हो ?

काठमाडौँ– लोकप्रिय गायिका रचना रिमाल सांगीतिक कार्यक्रमका लागि रूकुम पश्चिम पुगेकी थिइन्। सधैं मुस्कान र संगीतले सारा दर्शकलाई मोहित बनाउने रचना मंगलबारको दिन पनि प्रस्तुति दिन आतुर थिइन्।

तर, अचानक बिहान पेटमा तीव्र पीडा महसुस भएपछि उनले कार्यक्रममा सहभागिता जनाउँन नपाउँदै अस्पताल लैजानु पर्ने अवस्था आयो।

रूकुम पश्चिमको सानिभेरी गाउँपालिकामा आयोजित महोत्सवमा प्रस्तुती दिन तयार भएकी रचनालाई स्वास्थ्यमा गम्भीर समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरबाट तत्काल सुर्खेत, त्यसपछि नेपालगञ्ज र अन्ततः काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको हो।

चिकित्सकहरूले प्रारम्भिक परीक्षणमा उनको सानो आन्द्रामा संक्रमण देखिएको जनाएका छन्। अस्पताल स्रोतका अनुसार आन्द्रा सुन्निएको देखिएको छ। अहिले उनलाई एन्टिबायोटिक्स दिइँदैछ र अवस्था सुधारोन्मुख रहेको जानकारी अस्पताल स्रोतले दिएको छ।

चिकित्सकका अनुसार कम्तीमा २÷३ दिन उनलाई अस्पतालमै राख्नुपर्नेछ।

रचनाको स्वास्थ्यबारे जानकारी पाउने बित्तिकै उनका शुभचिन्तक र संगीतप्रेमीहरू चिन्तित छन्। रचना गायन क्षेत्रमा नयाँ पुस्ताकी चर्चित गायीका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट